आचारसंहिता अनुसार मतदान शुरु हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । मौनअवधिमा प्रचार प्रसार गर्न र भोट माग्न पाइँदैन । मौन अवधि शुरु हुनुअघि नै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतिय माध्यम र सामाजिक सञ्जालबाट पनि मत माग्न र प्रचार गर्न नपाइने उल्लेख छ ।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन । यसैबीच आयोगले उपचुनावमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचय पत्रबाट मतदाताले मतदान गर्न सक्ने जनाएको छ ।