पारिश्रमिक नबढाए एसइईको कापी नजाच्‍ने शिक्षक संगठनको निर्णय

ओकेखबर संवाददाता १० बैशाख २०८१, सोमबार ०७:०२ मा प्रकाशित ( हफ्ता अघि) ३७ पाठक संख्या

काठमाडौं । शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्‍ने बताएका छन् ।

उनीहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्फत जनाएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशील शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

परीक्षा नियन्त्रक (कक्षा १०) लाई सम्बोधन गरिएको विज्ञप्तिमा भनिएको छ ‘पटक-पटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने ब्यहोरा अवगत गराउँदै पुन ध्यानाकर्षण गराउँछौँ ।’ यसबाट पर्न जाने असर प्रति संघीय सरकार नै जिम्मेवार हुनुपर्ने उनीहरूले बताएका छन् ।


सम्बन्धित खबरहरु