आज दिउँसो स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको ज्यान गएकाे वडाध्यक्ष तिलवीर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर ज्यान गएकाे हो ।
वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् । अहिलेसम्म आगो निभाउन नसकेको वडाध्यक्ष केसीले बताउनुभयो ।