बाघको आक्रमणबाट भक्तपुरमा एक बालिका घाइते

ओकेखबर संवाददाता ९ बैशाख २०८१, आईतवार ०९:०४ मा प्रकाशित ( महिना अघि) ५१ पाठक संख्या

भक्तपुर । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।


सम्बन्धित खबरहरु