गुल्मीको इस्मामा डढेलोमा परेर दुई जना घाइते, १५ वटा घरगोठ जले

ओकेखबर संवाददाता ८ बैशाख २०८१, शनिबार २०:०० मा प्रकाशित ( महिना अघि) १६ पाठक संख्या

गुल्मी – इस्मा गाउँपालिकामामा डढेलोमा परेर दुईजना घाइते भएका छन् । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ पनि जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ को सामुदायिक वनमा ठूलो डढेलो लागिरहेको छ ।

डढेलोका कारण एकजना ट्याक्टर चालक र एकजना डोजर चालक घाइते भएका गुल्मीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो । डढेलो बस्तीमा पस्दा अहिलेसम्म १५ वटा घर, पसल र गोठ जलेका छन् ।

आगो निभाउन कोशिस गरे पनि निकै ठूलो भएको र हुरी चलिरहेका कारण निभाउन समस्या भएको डीएसपी पोख्रेलले बताउनुभएको छ । गुल्मीका अरू चार ठाउँमा पनि ठूलो डढेलो लागेको छ ।


सम्बन्धित खबरहरु