जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ

ओकेखबर संवाददाता ८ बैशाख २०८१, शनिबार १९:५६ मा प्रकाशित ( महिना अघि) ५४ पाठक संख्या

काठमाडौँ । बर्दिया र दैलेखमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । शुक्रबार बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता, दैलेखमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका–४ मुङग्रा बस्ने २१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका–६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 


सम्बन्धित खबरहरु