सनराइज हलमा एमालेको प्रतिनिधि परिषद् बैठक

ओकेखबर संवाददाता ८ बैशाख २०८१, शनिबार ०७:३० मा प्रकाशित ( हफ्ता अघि) २६ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ ।

 

गोदावरीस्थित सनराइज सभाहलमा २ दिन चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ । एमालेले चितवन महाधिवेशपछि पहिलोपटक परिषद् बैठक गर्न लागेको हो ।

एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट- चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।


सम्बन्धित खबरहरु