सातदोबाटो-बालकुमारी सडक पूर्णरूपमा बन्द हुने

ओकेखबर संवाददाता ६ बैशाख २०८१, बिहीबार ०७:५५ मा प्रकाशित ( महिना अघि) ३३ पाठक संख्या

काठमाडौँ । ललितपुरको सातदोबाटो-बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो ।

राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरु भएको थियो । दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।


सम्बन्धित खबरहरु