काठमाण्डौ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

ओकेखबर संवाददाता ५ बैशाख २०८१, बुधबार १०:१६ मा प्रकाशित ( हफ्ता अघि) ३१ पाठक संख्या

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । स्तन, पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थतासम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन हुन लागेको हो । आज र भोलि वडा नं. ३१ को भीमसेनगोलामा शिविर चल्नेछ ।

यस्तै ७ गते, ९ गते र १० गते वडा नं. २५ र २७ को संयुक्त शिविर इनबहालमा हुने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार ११ गते र १२ गते वडा नं. ३ महाराजगञ्जमा तथा १४ गते वडा नं. २६ लैनचौरमा, १६ गते वडा नं. २० भीमसेनस्थानमा, १७ गते वडा नं. २१ यंगालमा र १८ गते वडा नं. २३ ओमवहालमा शिविर सञ्चालन हुनेछ ।

यस्तै वैशाख २० गते र २१ गते वडा नं. १५ स्वयम्भूमा, २४ गते वडा नं. २ लाजिम्पाटमा, २५ गते वडा नं. २४ मखनमा, २६ गते वडा नं. २२ टेवहालमा, २७ गते वडा नं. १८ नरदेवीमा, २८ गते वडा नं. १९ कंकेश्वरीमा, ३० गते र ३१ गते वडा नं. ३२ पाल्पाकोट (छाप्रें कोटेश्वरमा शिविर हुने तालिका छ ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।


सम्बन्धित खबरहरु