हिजो १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु पनि कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा हुन्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने डलरको भाउ बढेको बेला फाइदा हुन्छ ।