नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ । यस समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । नेपालको दोस्रो खेल २ वैशाखमा कतारसँग हुनेछ । हङकङसँग ३ वैशाख र साउदीसँग ५ वैशाखमा समूहको अन्तिम खेल हुनेछ ।
नेपाल रहेको समूह निकै कमजोर मानिन्छ । नेपाल तुलनात्मक रूपमा समूहकै बलियो टोली हो । समूह ‘बी’मा ओमानसहित संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । यो समूहमा ओमान र युएईलाई उपाधि दाबेदार मानिएको छ ।