उहाँका अनुसार आज दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका थिए । घाइते उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने प्रयास भए पनि मौसमका कारण आजलाई सम्भव नभएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।
डोल्पामा गएको सोमवार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको थियो । घाइते एक जनाको कीर्तिपुरमा उपचार भइरहेको छ ।