पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

ओकेखबर संवाददाता २९ चैत्र २०८०, बिहीबार ०९:५१ मा प्रकाशित ( हफ्ता अघि) २१ पाठक संख्या

काठमाण्डौ – पेरिस ओलम्पिकको टिकट किन्न चाहनेले नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बताएका छन्  ।

अप्रिल १७ देखि सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि नयाँ टिकट विक्री गर्न राख्ने उनको भनाई छ । यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उनले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताए ।

खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने छ । पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक हुनेछ ।


सम्बन्धित खबरहरु