महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही ठाउँहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । देशका पहाडी ठाउँमा हल्का वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नरहको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
त्यस्तै आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ ।