चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक, शिक्षा मन्त्रालयले तत्काल कार्यान्वयन शुरु गर्ने

ओकेखबर संवाददाता २८ चैत्र २०८०, बुधबार १९:५१ मा प्रकाशित ( हफ्ता अघि) ४७ पाठक संख्या

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’ को प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले आज जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेलगत्तै प्रतिवेदन सार्वजनिक गरेको हो ।

सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा चिकित्सा शिक्षाका विकृति–विसङ्गतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो ।

प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँसहित ४२ जनालाई भविष्यमा सरकारी काममा लगाउन नमिल्ने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिसअनुसार तत्काल कार्यान्वयन शुरु हुने मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा गरिएको सिफारिसअनुसार तत्काल कार्यान्वयनमा लग्ने पनि निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु