काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरूप मासिक रूपमा सो रकम उपलब्ध गराउने भएको छ ।
सोही विद्यार्थीले कक्षा ११ मा पनि ३.२ वा सो भन्दा बढी जिपिए ल्याएमा कक्षा १२ मा पनि उक्त सुविधा प्राप्त गर्नेछ । यस कार्यक्रमका लागि नगरपालिकाले वार्षिक २७ लाख लागत लाग्ने अनुमान गरिएको उनले बताए ।
यस नगरपालिकाले ०७९ मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने नगरपालिकाभित्रका विद्यार्थीहरू पालिकाभित्रकै विद्यालयमा अध्ययन गरेमा कक्षा ११ र १२ अध्ययनको लागि मासिक चार हजारका दरले उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयअन्तर्गत पहिलो वर्षका १६ जनाले ९६ हजार प्राप्त गरेका छन् । मासिक चार हजार उपलब्ध गराउँदा खर्च बढी आएकोले पहिलेको निर्णय परिमार्जन गरिएको हो ।