कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माद्वारा राजीनामा

ओकेखबर संवाददाता २१ चैत्र २०८०, बुधबार १९:०९ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ । आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

राजीनामाको घोषणा गर्नुअघि शर्माले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो । उहाँले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने भएको छ । यससँगै कर्णाली प्रदेश सभाको बैठक चैत २५ गते आइतवारसम्मका लागि स्थगित भएको छ ।

केन्द्रमा नयाँ सत्ता समीकरणसँगै पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णाली एमालेले, बाग्मती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम एकीकृत समाजवादीले र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी छ ।

कर्णालीमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएकोमा सहमतिअनुसार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको थियो ।


सम्बन्धित खबरहरु