डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर

ओकेखबर संवाददाता २१ चैत्र २०८०, बुधबार ०८:२७ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौँ। इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) केसीलाई दुई वर्ष कैदसहित नौ लाख ५० हजार जरिबानाको फैसला गरेको हो ।

डीएसपी केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५, हाटबजारका व्यवसायीबाट चार तोला २१ लाल सात प्वाइन्ट सुन लगेका थिए । उनले ती व्यवसायीलई कार्यालयमा बोलाएर आफैँले सुन जिम्मा लगाएको कागज गराएका थिए ।

डीएसपी केसीले अन्य व्यक्तिमार्फत मोलमोलाई गरी आठ लाख ५० हजार नगद र नौ लाख ५० हजार रुपैयाँको चेक समेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १३ गते विशेष अदालतमा मुद्दा दायर गरेका थिए ।


सम्बन्धित खबरहरु