हत्याकाे आशंकामा वडा सदस्यसहित २ जना पक्राउ

ओकेखबर संवाददाता २० चैत्र २०८०, मंगलवार १९:२२ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिमा मृत भेटिएका गणेश पाठकको हत्या भएको आशंका गरिएको छ । २०८० असार २० मा दोरम्बाको सल्लेनी भिरमा ४१ वर्षीय पाठक मृत अवस्थामा भेटिएका थिए ।

१६ असारमा घरबाट हिँडेका पाठकको हत्या आशंकामा प्रहरीले वडा सदस्य सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष ४० वर्षीय लालबहादुर थापा मगर र वडा नम्बर–५ घर भएका रुद्रबहादुर नगरकोटी छन् ।

उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको रामेछापका डएिसपी प्रदीप कुमार सिंहले रातोपाटीलाई बताए । उनले भन,‘भिरभन्दा तल शव भेटिएको थियो, हामी अनुसन्धान गर्दै छौँ ।’

पीडितका परिवारले दोरम्बा शैलुङ गाउँपालिका–५ घर भएका रुजन श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)को दोरम्बा गाउँपालिका अध्यक्ष हिराबहादुर श्रेष्ठ र दोरम्बा–३ का प्रकाश कँडेलविरुद्ध परिवारले किटानी जाहेरी दिएका छन् । घटना भएको ९ महिनापछि आरोपीहरू पक्राउ परेका हुन् ।


सम्बन्धित खबरहरु