अहिले कार्यालयबाट खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।
जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजेतिर भेटिएकोे बताउनुभयो । घरमा जिसी दम्पती मात्र बस्दै आएका उहाँले जानकारी दिनुभयो ।