माओवादी नेता कालीबहादुर खाम काठमाण्डाैबाट पक्राउ

ओकेखबर संवाददाता २० चैत्र २०८०, मंगलवार १९:११ मा प्रकाशित ( महिना अघि) २९ पाठक संख्या

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेका खामलाई आज काठमाण्डौको ठमेलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

माओवादी नेता खाममाथि २०६५ साल वैशाख १५ गते व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । माओवादी लडाकुका पूर्वकमान्डर रहेका खाम अहिले माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।


सम्बन्धित खबरहरु