नेपाली राष्ट्रिय टोलीले आज बरोडासँग खेल्ने

ओकेखबर संवाददाता २० चैत्र २०८०, मंगलवार ०८:३८ मा प्रकाशित ( महिना अघि) २३ पाठक संख्या

काठमाडौँ । नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसिएसनको टिमसँग खेल्दैछ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार दिउँसाे २: ४५ बजेदेखि सुरु हुने भएको हो ।

नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो । सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसिएसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ ।

नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।


सम्बन्धित खबरहरु