भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा जल तथा ऊर्जा आयोगमा पुगेका छन् भने आयाेगका सचिव सरिता दवाडी ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालय पुगेका छन् । भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा ऊर्जाबाट गोपालप्रसाद सिग्देल फर्किएका छन् ।
उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । बुर्लाकोटीले पहिलोपटक सचिवको जिम्मेवारी पाएका हुन् ।
वित्त आयोगका सचिव कृष्णबहादुर राउतराई उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयकाे उद्योग मामिला हेर्ने सचिवमा सरुवा गरिएको छ । उद्योग सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयको सचिव बनाइएको छ । यस्तै मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयकाे वाणिज्य मामिला हेर्ने सचिवमा सरुवा गरिएको छ ।
बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । वाणिज्य सचिव रहेका नारायणप्रसाद शर्मा दुवाडीसहित अन्य सचिवहरुको सरुवा भएपनि कुन–कुन निकाय र मन्त्रालयमा सरुवा भयो भन्ने खुल्न बाँकी छ ।
‘केही मन्त्रालय र निकायमा नाम टुंग्याएर पत्र लेख्न र पठाउन बाँकी छ । मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार कतिपयको पत्र बनेपछि मात्रै टुंगो लाग्ने छ ।