यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ। हमास लडाकुले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध शुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन्।
इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल, अल-शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टापछि सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।
‘इजराइली सेनाले गरेको कारबाहीमा दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ’, गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले भने।