उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे ।
उनले भने–‘अलालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रुपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरुमा राम्रो दृष्टिकोणले मुद्दा निरुपण भएका छन् । छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरु छैनन् ।’
उनले अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए ।
उनले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताए । उनले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध रहेको बताए ।
‘धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरु छन्’उनले भने‘ति मुद्दाहरुलाई हामीले पक्षबाट न्युनिकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् ।’
प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरुमा आवश्यक पर्ने न्यायाधीशहरुको व्यवस्थापन बिस्तारै हुँदै जाने बताए ।
‘मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध छौँ, लागिरहेका छौं’उनले भने ‘अहिलेको भोलि नै हुनेकुरा होइन । सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेका छौं ।’