तानसेनमा हुरीले रुख ढल्दा १९ वर्षीय युवकको मृत्यु

ओकेखबर संवाददाता १८ चैत्र २०८०, आईतवार ०८:४० मा प्रकाशित ( महिना अघि) ३४ पाठक संख्या

काठमाडौं । पाल्पाको तानसेनमा हावाहुरीले ढालेको रुखले लाग्दा स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरका १९ वर्षीय भुवन दर्लामीको रुखले च्यापिएर मृत्यु भएको हो ।

पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-डुम्रे सडकको जरेपिपल नजिकै शनिबार साँझ उत्तीस र सल्लाको रुख ढलेर लाग्दा लु ८१प ११३६ नम्बरको स्कुटर चालक दर्लामको मृत्यु भएको हो । दर्लामी स्कुटरमा पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा ठूलो हावाहुरीमा परेका थिए ।

स्कुटर रोकेर ओतिने क्रममा उनी ढलेको रुखले च्यापिएका हुन् । सोही स्थानमा रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एउटा मोटरसाइकल पनि ढलेको रुखले च्यपिएका प्रहरीले जनाएको छ । घटनामा अन्य तीन जना यात्रु पनि सामान्य घाइते भएका छन् ।


सम्बन्धित खबरहरु