कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाईको हत्या भएको दाबी गर्नुहुँदै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाई सुभाष राईले माग गरे । न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले दाबी गरिन् ।
कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनको भनाइ छ ।
जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताउनुभयो । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।