कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

ओकेखबर संवाददाता १६ चैत्र २०८०, शुक्रबार १७:३५ मा प्रकाशित ( हफ्ता अघि) ३१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । गुरुङको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा अब एक सांसद थपिएको छ ।

उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।


सम्बन्धित खबरहरु