एमालेको सचिवालय बैठक आज बस्दै

ओकेखबर संवाददाता ११ चैत्र २०८०, आईतवार ०७:१६ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । नेकपा एमालको सचिवालय बैठक आज बस्दैछ । बैठक साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइको बताइएको छ । साथै, सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको एमालेले बताएको छ ।

इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ । त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन् ।

इलाम-२ का लागि ६ जनाको नाम सिफारिस भएको छ । बझाङ-१ मा तीन जनाको नाम सिफारिस भएको छ । ती नामहरूबारे पनि आज छलफल हुने एमालेले जनाएको छ ।


सम्बन्धित खबरहरु