रबि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : शेखर कोइराला

ओकेखबर संवाददाता १० चैत्र २०८०, शनिबार १६:५६ मा प्रकाशित ( महिना अघि) २४ पाठक संख्या

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रबि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।

सडकदेखि संसदसम्म चौतर्फी बिरोध भैरहँदा पनि उहाँ पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए ।

“तत्कालका लागि राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो” कोइरालाले भने ।

काठमाडौको मध्ये बानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिबर्तनमा काठमाडौबासीको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उहाँहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

स्थानीय कार्यकर्ताहरुले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरुले जनताको भावना अनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कम्जोर भएको जस्ता गुनासाहरु राखेका थिए ।


सम्बन्धित खबरहरु