राष्ट्रिय भलिबलको महिलातर्फ पुलिस र एभरेस्ट क्लब फाइनलमा

ओकेखबर संवाददाता ८ चैत्र २०८०, बिहीबार १८:३९ मा प्रकाशित ( महिना अघि) ५८ पाठक संख्या

काठमाण्डौ – आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब र एभरेस्ट क्लब फाइनलमा पुगेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको पहिलो खेलमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।

अर्काे खेलमा एभरेस्टले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हरायो । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ । पुलिसले कोशी प्रदेशलाई ३–० को सेटमा हरायो । अर्काे खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–१ सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली छन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।


सम्बन्धित खबरहरु