सहराइनसँगको अर्को खेल नेपालले यही चैत १३ गते खेल्ने छ । छनौट अन्तर्गत समूह ‘एच’मा रहेको नेपालले पहिलो चरणको दुवै खेलमा हार व्यहोरेको थियो । नेपालको समूहमा यूएई, बहराइन र यमन छन् । पहिलो चरणको दुवै खेल जितेको यूएई समूहको शीर्ष स्थानमा रहँदा बहराइन र यमनको दुई खेलमा समान २ अङ्क रहेको छ ।
यसअघि नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलका लागि मलेसियाबाट बहराइन गएको हो ।