शिक्षा समितिका नवनियुक्त सभापति अम्मरबहादुर थापाले लिए शपथ

ओकेखबर संवाददाता ७ चैत्र २०८०, बुधबार १७:४८ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

बुधवार समितिको सभापतिमा निर्विरोध निर्वाचित भएसँगै उनले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । बुधवार अपराह्न संसद भवनस्थित ल्होत्से हलमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।

शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समितिमा आउने महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउने बताए । उनले देश निर्माणमा शिक्षा महत्वपूर्ण हुने भन्दै शिक्षालाई सुधार गर्दै अघि बढ्ने बताए । उनले अब शिक्षा क्षेत्रलाई अघि बढाउने उद्देश्य र योजनाअनुरूप अघि बढ्ने बताए ।

उनले शिक्षा र स्वास्थ्यका लागि नागरिकलाई सहज हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेरै छोड्ने बताए ।

उनले शिक्षकलाई कर्मचारी सरहको सेवा सुविधा दिनेगरी काम गर्ने बताए । उनले राजनीतिबाट शिक्षालाई टाढा राख्ने उद्देश्य राखेको बताए ।


सम्बन्धित खबरहरु