गृहमन्त्रीविरुद्ध सिंहदरवार अगाडि नेविसंघको प्रदर्शन

ओकेखबर संवाददाता ६ चैत्र २०८०, मंगलवार १९:४२ मा प्रकाशित ( महिना अघि) ३२ पाठक संख्या

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली काँग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् ।

नेपाली काँग्रेसले संसदमा र नेविसंघले सडकमार्फत आवाज उठाउँदै आएको छ ।


सम्बन्धित खबरहरु