दुर्गा प्रसाईंका बडिगार्डलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

ओकेखबर संवाददाता ६ चैत्र २०८०, मंगलवार १९:३१ मा प्रकाशित ( महिना अघि) १५ पाठक संख्या

प्रहरीले सर्वोच्च अदालतको गेटबाट पक्राउ गरेका दुर्गा प्रसाईंका बडिगार्डलाई रिहा गर्न माग गर्दै सर्वोच्चमै रिट परेको छ।

पक्राउ परेकबा प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई जिल्ला अदलात काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएपछि उनीहरुका परिवार सर्वोच्च पुगेका हुन्।

सर्वोच्चमा दुवैका परिवारले रिहाईको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन्।

अत्याधुनिक हतियार र गोलीसहित प्रसाईंको साथमा सोमबार बिहान सर्वोच्च अदालत पुगेका उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

रिट निवेदनमा बुधबार सुनुवाइ हुने छ।


सम्बन्धित खबरहरु