शालीन मृत्यु प्रकरण : पक्राउ परेका तीनै जना धरौटीमा रिहा

ओकेखबर संवाददाता ६ चैत्र २०८०, मंगलवार १९:२९ मा प्रकाशित ( महिना अघि) २९ पाठक संख्या

काठमाडौं । शालीन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।

प्रधानाध्यापक बालहरि देवकोटा, सह प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमलप्रसाद शर्मा धरौटीमा रिहा भएका हुन् ।

न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले प्रधानाध्यापक देवकोटालाई ३ लाख, सह प्रधानाध्यापक अधिकारीलाई र होस्टेल वार्डेन कमलप्रसाद शर्मालाई ५/५ लाख धरौटी बुझाएर छाड्न आदेश दिएको हो ।

शालीन पोखरेल गत फागुन १२ गते चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी थिइन् ।


सम्बन्धित खबरहरु