कृष्णबहादुर महरा अस्पताल भर्ना

ओकेखबर संवाददाता ६ चैत्र २०८०, मंगलवार ०९:०७ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो ।


सम्बन्धित खबरहरु