यस्तै केन्द्रीय समिति १९९ कायम भएको छ । माओवादीको प्रस्तावित विधानमा केन्द्रीय समिति सङ्ख्या १५१ राखिएको थियो । चैत २ गते बसेको माओवादीको स्थायी समितिले विधान अधिवेशनको म्याण्डेट अनुसार विधानलाई अन्तिम रूप दिएको थियो ।
नयाँ विधानअनुसार केन्द्रीय समितिले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, दुई उपमहासचिव, दुई सचिव र एक कोषाध्यक्ष गरी ११ सदस्य कायम गरेको हो । माओवादीमा हाल भने एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, ६ उपमहासचिव, ९ जना सचिव र एक कोषाध्यक्ष गरी २२ जना पदाधिकारी रहेका छन् । नयाँ विधान आगामी महाधिवेशनबाट लागु हुने बताइएको छ ।
यस्तै विधानमा केन्द्रीय समितिको बढीमा एकतिहाइ पोलिटब्युरो सदस्य, पोलिटब्यूरोको बढीमा एक तिहाइ स्थायी समिति रहने व्यवस्था छ । दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय कार्यालय रहने व्यवस्था छ ।