कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

ओकेखबर संवाददाता ५ चैत्र २०८०, सोमबार १९:२६ मा प्रकाशित ( महिना अघि) ९७ पाठक संख्या

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन काण्डमा पक्राउ परेका कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।मह रा सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका थिए ।

पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई म्याद थपका लागि आज दिउँसो जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । त्यसअघि उनलाई सीआईबी कार्यालय लगिएको थियो ।


सम्बन्धित खबरहरु