नेपालकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

ओकेखबर संवाददाता ५ चैत्र २०८०, सोमबार ०९:१३ मा प्रकाशित ( महिना अघि) १५ पाठक संख्या

काठमाण्डौ – नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले ५७ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक छनोट यात्रा तय गरेकी हुन् ।

पलेसाकी प्रशिक्षक कविराज नेगी लामाका अनुसार फाइनलमा उनले इरानकी तेल्ला मिजाईलाई पराजित गरिन् । त्यस अगाडि उनले सेमिफाइनलमा उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई हराएकी थिइन् । पलेसा ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि संगिना वैद्य र दिपक विष्टले ओलम्पिक खेलेका थिए । पलेसाले यसअघि चीनको हानचाउमा भएको एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् ।


सम्बन्धित खबरहरु