हिजो जनकपुरको तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस, धरानको ३४ डिग्री सेल्सियस, विराटनगरको ३३ दशमलव ६ डिग्री सेल्सियस, सिमराको ३३ दशमलब ८ डिग्री सेल्सियस, भैरहवाको ३२ दशमलव ६ डिग्री सेल्सियस, नेपालगञ्जको ३१ दशमलव २ डिग्री सेल्सियस, धनगढीको ३१ डिग्री सेल्सियस, दिपायलको ३० दशमलव ५ डिग्री सेल्सियस र वीरेन्द्रनगरको ३० दशमलव १ डिग्री सेल्सियस पुगेको थियो ।
आज पनि यही हाराहारीमा तापक्रम पुग्ने महाशाखाको अनुमान छ । प्रिमनसुनको समय मार्च, अप्रिल र मे महिनामा तापक्रम बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । यस वर्ष प्रिमनसुनको समयमा ३० देखि ४० डिग्री सेल्सियस तापक्रम रहने अनुमान छ ।
आज मधेश र कोशी प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई ठाउँमा आज हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पानी पर्ने सम्भावना छैन ।