१५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेकाे छु : शशांक कोइराला

ओकेखबर संवाददाता ५ चैत्र २०८०, सोमबार ०८:५९ मा प्रकाशित ( महिना अघि) ४७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले १५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेको बताएका छन् ।

रामेछापमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार कोइरालाले सभापति बनेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने योजना रहेको बताएका हुन् । उनले कार्यकर्तालाई भने, ‘तपाईंहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु ।

सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ ।’ अहिलेको समयमा पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक रहेको उनले बताए ।


सम्बन्धित खबरहरु