सडक र यातायातसम्बन्धी कानुन विज्ञसँग छलफल गरेर मात्रै अघि बढ्छ : मन्त्री गिरी

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार १८:४० मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सडक र यातायातसम्बन्धी कानुनलाई विज्ञहरूसँग छलफल गरेर मात्रै अघि बढाउने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटौँ महाधिवेशनमा बोल्दै मन्त्री गिरीले ढुवानी व्यवसायीको समस्याप्रति आफू जानकार रहेको भन्दै यसलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको समेत बताए ।

मन्त्री गिरीले सार्वजनिक यातायात सेवा ऐन अध्ययनको क्रममा रहे पनि यसले ढुवानी व्यवसायी समाधान गर्नेमा आफू विश्वस्त नरहेको धारणा राखे । सवारी तथा यातायातसम्बन्धी विधेयक, सार्वजनिक सडक र सुरक्षासम्बन्धी विधेयकको पनि तयारी भइरहेको उनले बताए । उक्त विधेयकहरूबाट पनि ढुवानी व्यवसायी समस्या समाधान हुन नसक्ने लागेकाले यस क्षेत्रसम्बन्धी छुट्टै ऐनको आवश्यकता देखिएको उनको भनाइ छ ।

उनले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताए ।


सम्बन्धित खबरहरु