म्यानमारको रखाइन राज्यमा रहेका आफ्ना नागरिकलाई ठाउँ छोड्न भारतको आग्रह

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार १४:२७ मा प्रकाशित ( महिना अघि) ११७ पाठक संख्या

काठमाडौं । म्यानमारको रखाइन राज्यमा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर भारतको विदेश मन्त्रालयले आफ्ना सम्पूर्ण नागरिकलाई ठाउँ छोड्न र त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले रखाइन राज्यमा रहेका सबै भारतीय नागरिकलाई यथाशीघ्र ठाउँ छोड्न र कतैबाट त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन दिएको जानकारी दिए ।

भारतले म्यानमारमा शान्ति र सुरक्षा चाहेको प्रवक्ता जैसवालले बताएको समाचार संस्था एएनआईले जनाएको छ । म्यानमारका निरन्तर हिंसाका घटना हुँदै आएका छन् ।

गएको अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक शक्तिले केही सहर र सैनिक चौकीहरू कब्जामा लिएपछि हिंसाका घटना बढेका हुन् । तीन वर्षअघि सेनाले सत्ता कब्जा गरेको म्यानमारले गएको फेब्रुअरी एकमा सैन्य विद्रोहको तेस्रो वार्षिकोत्सव मनाएको थियो ।


सम्बन्धित खबरहरु