दिपेश पुनलाई भैरहवा लगियो

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार ०७:३२ मा प्रकाशित ( महिना अघि) २० पाठक संख्या

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ । काठमाडौँको टोखाबाट पक्राउ परेका पुनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा लगिएको हो ।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको उनीमाथि आरोप छ । सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पुनलाई भैरहवा लगिएको हो ।

सुन तस्करीमा संलग्न भएको पुनमाथि आरोप छ । गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो ।

पहिला सहकारी सम्बन्धी मुद्धामा यसअघि पक्राउ पुर्जी जारी भएकाले पहिला भैरहवा लगेर छानबिन गर्न लागिएको हो ।


सम्बन्धित खबरहरु