मन्त्रिपरिषद्को बैठक : सुन प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ

ओकेखबर संवाददाता २ चैत्र २०८०, शुक्रबार १९:०५ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘सरकारको स्पष्ट धारणा दोषी कोही पनि छुट्नुहुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भनेर हामीले भनिरहेका छौं । त्यहाँ को व्यक्ति कसको व्यक्ति भन्ने कुरा रहेन । दोषी ठहर भएपछि जो भए पनि कारबाहीको दायरामा आउँछन् ।

 


सम्बन्धित खबरहरु