रिपोर्टर्स क्लबमा शुक्रवार अपराह्न पत्रकार सम्मेलन आयोजन गर्दै खनालले आफूलाई जबरजस्ती विवादमा ल्याउन खोजिएको आरोप लगाए।
‘जब की जाँचबुझ आयोगले नै केही भनेको छैन। तर केही मिडियाहरू जबरजस्ती मेरो नाम जोडेर छवि धमिल्याउन खोज्दैछन्’, पत्रकार सम्मेलनमा खनालले भने।
सुन तस्करी जाँचबुझ आयोगले बिहीबार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। खनालले आफूले अवकाश लिएपछि भएका घटनामा जोडिएको कसरी आफू संलग्न हुन सक्ने भन्दै प्रश्न पनि गरे।
उनले गृह मन्त्री रवि लामिछानेलाई कारबाही सिफारिस गरिएका सबैविरुद्ध खरो उत्रन भन्दै आफ्नो साथ रहने पनि बताए।