आयोगले गृहमन्त्रीलाई बुझायो सुन तस्करी प्रकरणको प्रतिवेदन

ओकेखबर संवाददाता १ चैत्र २०८०, बिहीबार १२:०५ मा प्रकाशित ( महिना अघि) २८ पाठक संख्या

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

 

गत असारमा नियन्त्रणमा लिइएको ६० किलो र भेपमार्फत बरामद् गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।

४८५ पृष्ठको लामो प्रतिवेदन जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले गृहमन्त्री लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरेपछि आयोगले आफ्नो काम पुरा गरेको हो ।


सम्बन्धित खबरहरु