उदयपुरमा भीरबाट गाडी खस्दा ६ जनाको घटनास्थलमै मृत्यु

ओकेखबर संवाददाता १ चैत्र २०८०, बिहीबार १२:३३ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।

धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान उदयपुरको मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बोलेरोमा १४ जना सवार रहेका थिए। ‘जसमध्ये ६ जनाको मृत्यु भएको खबर आएको छ,’ जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले भने, ‘स्थानीयसँगको समन्वयमा प्रहरीले अहिले मृतक र घाइतेको उद्धार गरिरहेको छ।’

 

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एम्बुलेन्ससहित प्रहरी पुगेको छ। दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ।


सम्बन्धित खबरहरु