कर्णालीको प्रदेशसभा बैठक आज बस्दै

ओकेखबर संवाददाता ३० फाल्गुन २०८०, बुधबार ०९:१२ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार पहिलो बैठक बस्ने भएको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भएको थियो ।

जसअनुसार प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका(कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम आज दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका थिए।

आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले सभाका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।

उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३)को उपनियम ३ बमोजिम सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ ।


सम्बन्धित खबरहरु